राजनीतिक पृष्ठभूमि बाहिरका राष्ट्रपति अस्वीकार्य:  महासचिव गुरुङ

पाेखरा | फागुन ७, २०७९

राजनीतिक पृष्ठभूमि बाहिरका राष्ट्रपति अस्वीकार्य:  महासचिव गुरुङ

पोखरा:   नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमि बाहिरको राष्ट्रपति अस्वीकार्य हुने बताएका छन् ।  


पोखरामा आज (आइतबार) पत्रकारसँग बोल्दै महासचिव गुरुङले ‘ राजनीतिक पृष्ठभूमि भन्दा बाहिरको स्वीकार्य गर्दैनौ, राष्ट्रपति राज्यसँग जोडिएको विषय हो, राजनैतिक पृष्ठभूमिबाट आएको व्यक्ति राष्ट्रपति हुन्छ, राजनीतिक पृष्ठभूमि भन्दा बाहिरको परिकल्पना गरेका छैनौं ।’


महासचिव गुरुङले जुनसुकै राजनीतिक दलले प्रस्ताव गरेपनि सबै दलले समर्थन गर्ने व्यक्ति राष्ट्रपति हुने दावी गरे । 


‘राष्ट्रिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने छौं, सबै राजनीतिक दलले समर्थन गर्ने व्यक्ति नै राष्ट्रपति हुन्छ ।’ उनले भने । 

काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च ग...

थप पढ्नुहोस्

तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रह...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्...

थप पढ्नुहोस्